दफा २१
स्वास्थ्य संस्थाको सञ्चालन र नियमन
: (१) स्वास्थ्य संस्थाहरूको तहगत संरचना र सो संस्थाले प्रदान गर्ने सेवा सम्बन्धी व्यवस्था मन्त्रालयले तोके बमोजिम हुनेछ।
(२) स्वास्थ्य संस्था तथा सेवा सम्बन्धी न्यूनतम मापदण्ड मन्त्रालयबाट निर्धारण भए बमोजिम हुनेछ।
(३) उपदफा (२) बमोजिमको मापदण्डको अधीनमा रही प्रत्येक स्वास्थ्य संस्थाहरूले सेवा प्रदान गर्नु पर्नेछ।
(४) यस ऐन प्रारम्भ हुनुपूर्व स्थापना भई सञ्चालनमा रहेको स्वास्थ्य संस्थाहरुले मन्त्रालयले तोकेको समय भित्र उपदफा (२) बमोजिम तोकिएको मापदण्ड पुरा गर्नु पर्नेछ।
(५) स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहले निजी वा गैरसरकारी स्वास्थ्य संस्थासँग आवश्यक साझेदारी गर्न सक्नेछन्।
(६) निजी तथा गैरसरकारी, निजी वा सहकारी वा गैर नाफामुलक वा सामुदायिक स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको मापदण्ड, इजाजत तथा नियमनको व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गर्न सक्नेछ।
(७) उपदफा (६) बमोजिम निर्धारण भएको मापदण्ड बमोजिम सङ्घ, सम्बन्धित प्रदेश वा स्थानीय तहले स्वास्थ्य संस्था सञ्चालन गर्न इजाजतपत्र दिन सक्नेछ।
(८) उपदफा (७) बमोजिम प्रदेश र स्थानीय तहबाट स्वास्थ्य संस्थालाई इजाजतपत्र दिने, नवीकरण गर्ने तथा त्यस्तो स्वास्थ्य संस्थाको अनुगमन, मूल्याङ्कन तथा नियमन गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित प्रदेश तथा स्थानीय कानून बमोजिम हुनेछ।
(९) उपदफा (८) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश वा स्थानीय कानून नबनेसम्मको लागि प्रदेश तथा स्थानीय तहले यस ऐन बमोजिम स्वास्थ्य संस्थालाई इजाजतपत्र दिन, नवीकरण गर्न, अनुगमन गर्न वा नियमन गर्न सक्नेछन्।